सोलुखुम्बुका विभिन्न स्थानमा भएको क्षतिबारे सरकारको ध्यानाकर्षण
काठमाडाैं | भदौ २, २०८१
काठमाडौं: सांसद कृष्णबहादुर रोेकायाले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ लाह्मु गाउँपालिका–५ थामेमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा बोन्दै उहाँले भन्नुभयो, “साउन ३२ गते दिउँसो करिब ११ः३० बजे आएको बाढीका कारण खुम्बु पासाङ लाह्मु गाउँपालिकामा २० घर, क्लिनिक, विद्यालयलगायत भवन बगाएको छ, थामेखोलाको उक्त बाढीमा एक जना बेपत्ता भएका छन् अन्य थुप्रै घर पुरिएका छन् ।” उहाँले बेपत्ता भएका व्यक्तिको खोज तथा उद्धार तत्काल गर्न सरकारसँग आग्रह गर्नुभयो ।
“हिमताल फुटेको भनिएको छ, हिमताल कसरी फुटे भन्नेबारे अनुसन्धान हुन जरुरी छ । थप ताल फुट्न सक्ने जोखिमका बारेमा सरकार संवेदनशील हुनुपर्छ”, सांसद रोकायाले भन्नुभयो ।
सांसद रुक्मीणी कोइरालाले भन्नुभयो, “कोशी प्रदेशको सोलुखुम्बुमा आएको आकस्मिक पहिरोले थुप्रै घरमा क्षति तथा केही व्यक्ति बेपत्ता भएका छन, दूधकोसीमा बाढी आएको छ, खतरा छ, हिमताल र बाढीको वास्तविक क्षतिको विवरण र आवश्यक क्षतिपूर्तिका लागि सरकारसँग माग गर्दछु, जलवायु परिवर्तनले भएको भन्ने छ यसमा ध्यानाकर्षण होस् ।”
सांसद गोपीबहादुर सार्की अछामीले सोलुखुम्बुमा गएको बाढीले जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
“भौगोलिक हिसाबले कमजोर हिमाली क्षेत्रमा मनसुनी वर्षा निरन्तर आइरहेको र यस्ता ठाउँमा अत्यधिक क्षति हुने भएकाले अझै पनि अरू हिमताल जोखिममा छन भनिएको छ, पुनः निर्माण वा पुनःवासको व्यवस्था गर्नतर्फ सरकारले ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो ।
यसअघि आकस्मिक समयमा बोल्दै सांसद जयन्तीदेवी राईलगायत सांसदहरुले पनि खुम्बु पासाङ लाह्मु गाउँपालिका–५ थामेमा बसोबास गर्ने बासिन्दालाई अन्यत्र सार्नुपर्नेमा जोड दिनुभएको थियो ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

